Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गठबन्धनको सरकार, जनतालाई महँगी उपहार !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०७९
गठबन्धनको सरकार, जनतालाई महँगी उपहार !

काठमाडौं, १० जेठ / जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको सत्ता गठबन्धन यतिबेला जनतालाई महँगीको उपहार दिन व्यस्त छ । विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको सरकारले अहिले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गर्‍यो । इन्धनको मूल्य अन्य वस्तु जस्तो होइन, यसमा हुने हरेक उतारचढावको असर समग्र उपभोग्य वस्तुमा पर्छ । सोहीकारण यतिबेला समग्र रुपमा नै मूल्यवृद्धि आकाशिएको छ । यो अवस्था आउँदासमेत राजनीतिक दलहरु मौन बसेका छन् भने विद्यार्थी संगठनहरु समेत मुकदर्शक बनिरहेका छन् ।
चुनावमा गठबन्धन गरेर जनमत आफ्नो पक्षमा सफल पारेको खुशी मनाउने व्यस्तताका बीच इन्धनको मूल्य भने बढाइएको छ । सत्ता संचालनमा खासै ध्यान दिन नसकेको वर्तमान सरकारले यतिबेला जनतालाई मर्कामा पार्ने गरी इन्धनको मूल्य बढाएको हो । इन्धनको मूल्य बढ्दा समग्र वस्तुको ढुवानी खर्च बढ्ने र यसले मुद्रास्फितिलाई बढावा दिने तथ्यलाई बेवास्ता गर्दै सरकारले पछिल्लो सात महिनामा मात्र १० पटक इन्धनको मूल्य बढाइसकेको छ ।
गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको यसबीचमा पेट्रोलियम पदार्थको मूल्यमा ११ पटक वृद्धि गरेको छ । २०७८ असार २९ मा शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ तथा खाना फकाउने एलपी ग्याँसको मूल्य १४२५ रुपैयाँ प्रतिसिलिन्डर थियो ।
अन्तर्राष्ट्रिय बजारको हवाला दिँदै गरिएको यो अत्याचारले जनता भने आजित भएका छन् । हुनत यतिबेला नेपालमा मात्र होइन, विश्वभर नै इन्धनको मूल्य चुलिएको छ । तर, नेपालमा भने सरकारले इन्धनमा अत्यधिक कर लिँदा यसको असर आम नागरिकको दैनिकीमा परेको हो । सरकारले इन्धनमा भन्सार महसुल, प्रस्तावित बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा पूर्वाधार कर, सडक मर्मत-सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोषलगायतका शीर्षकमा शुल्क उठाइरहेको छ । नेपाल आयत निगमले पेट्रोल प्रतिलिट ११७ रुपैयाँ १८ पैसामा खरिद गरिरहेको छ । तर, यही पेट्रोल प्रतिलिटर १८० मा बेच्ने गरी मूल्य बढाएको हो । अन्य इन्धनको अवस्था यस्तै छ । यो अवस्थामा समेत सरकार पक्ष भने पेट्रोलियमको मूल्य बढ्नु स्वाभाविक रहेको गैरजिम्मेवार टिप्पणी गर्न व्यस्त छन् ।
अर्कोतर्फ आयल निगम अत्यधिक घाटा रहको तर्क गरिरहेको छ । ११७ रुपैयाँमा खरिद गरेको पेट्रोल १८० मा बिक्री गर्दा पनि कसरी घाटा हुन्छ भन्ने प्रश्न पनि पेचिलो बनेको छ । यता, विगतमा एक दुई रुपैयाँ भाउ बढ्दा सडक आउन हतार गर्ने विद्यार्थी संगठनहरु समेत अहिले सरकारको अत्याचार विरोध गरेको जस्तो मात्र गरिरहेका छन् ।
यही अवस्थाका कारण छिमेकी मुलुक भारतले यही इन्धनमा लाग्दै आएको कर घटाएर नागरिकलाई राहत दिएको छ । अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि भारत सरकारले कर कटौती गर्दै शनिबार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनायो । ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिएको छ ।
तर, नेपालमा भने कर घटाउनु त परको कुरा, अझ आयल निगमको महँगाे मूल्यमा इन्धन बेच्ने लाइनमा उभिएको छ । यो व्यवहारले नेपाल सरकार नाफा खोर व्यापारी हो भन्ने तथ्यलाई सत्य सावित गरिदिएको छ । मूल्यवृद्धिमा रमाउने, तर नागरिकको चासो सम्बोधन बेवास्ता गर्ने प्रवृत्तिले अत्याचारको पराकाष्टा नै नाघेको छ । यसले नागरिकलाई नै सडकमा आउन बाध्य बनाउने अवस्था सृजना हुने हो कि भन्ने सम्भाव्यतालाई बेवास्ता गर्न सकिँदैन । न्यूज २४ बाट

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि