Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिकाको गोरख धन्दा, दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला

आन्तरिक हिसाब किताब मिलाउन खाली ठाउँ राखिएको होला : अधिकृत चौधरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०७८
बारागढी गाउँपालिकाको गोरख धन्दा, दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला

• हरिशंकर शर्मा
बारागढी, ३० चैत /  बारा जिल्लाको बारागढी गाउँपालिकाका कर्मचारीहरुले भित्रभित्रै गोरख धन्धा गर्ने गरेको तथ्य फेला परेको छ । स्थानीय तहका कर्मचारी भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन । स्थानीय तहले अहिले जनताको सेवा गर्नुभन्दा पनि कसरी लुट्न सकिन्छ भन्नेतर्फ उन्मुख भएको पाइन्छ । जताततै स्थानीय तहका कर्मचारीहरुले प्रत्येक ठेक्कामा कमिशन लिने, आफन्तलाई ठेक्कापट्टा दिने जस्ता भ्रष्टाचार गर्ने गरेको घटनाहरु सार्वजनिक भइरहन्छ । यसै क्रममा बाराको बारागढी गाउँपालिकाले पनि अनियमितता लुकाउन एवं गोरख धन्धालाई ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरिएको पाइएको छ ।


गाउँपालिकामा हुने गरेको भ्रष्टाचार एवं गोरखधन्धालाई मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय खोपवामा पुगेका न्यूज २४ कर्मीलाई आर्थिक बर्ष २०७८÷०७९ मा संचालनमा रहेका योजनाहरु र त्यस दर्ता चलानीमा गरिएका शिर्षक सूचिकृत हेराउन माग गर्दा त्यहाँ कार्यरत कर्मचारीहरुले देखाएनन् । गाउँपालिकाको दर्ता चलानी रजिष्टरमा शुरुवात नम्बर १ देखि ५ सम्म खाली ठाउँ राखि मिति २०७८ साउन ४ गतेबाट दर्ता चलानी गरिएको छ । दर्ता नं. ६ बाट चलानी गरि पुनः २८, २९ र ३० नम्बर खाली ठाउँ छाडिएको छ ।


त्यसपछि मिति २०७८ असोज १७ गतेसम्म योजनाहरु क्रमशः दर्ता गरिएको छ र २८७ र २८८ नम्बर पुनः छाडिएको छ । यसैगरि ३०२, ३०३, ३०४, ३१६, ३१७, ३२१, ३२२, ३२३, ३३९, ३४०, ३५१, ३५२, ३५९, ३६०, ३७०, ३७१, ३९६, ३९७, ३९९, ४००, ४०१, ४०२, ४०८, ४०९ लगायत थुप्रै दर्ता नम्बरहरु खाली ठाउँ छाडिएको छ । यसरी बीचमा पनि केही दर्ता नं. को खाली ठाउँ राखिएकोले बजेटमा ब्यापक अनियमितता भएको पुष्टि हुन्छ । किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो भनेबारे सोध्दा पालिकाका तल्लो स्तरका कर्मचारीहरुले यसरी खाली ठाउँ राख्न नपाउने हो, तर कसरी किन राखियो भन्नेबारे अधिकृतले नै बताउने भनेर जवाफ दिए ।
यसबारे पालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीसँग बुझ्दा कार्यालयका आन्तरिक हिसाब किताब मिलाउनका लागि खाली ठाउँ छाडिएको बताए । दर्ता चलानी रजिष्टरमा यति धेरै मात्रामा खाली ठाउँ राख्नुको एउटै उद्देश्य हुन्छ, मसान्तको अन्तिम समयमा बाँकी रहेका बजेटहरुलाई आफ्ना आसेपासेलाई दिने र कमिशन लिने ।

गत वर्ष २०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयबाट बारा जिल्लामा सबै भन्दा कम बेरुजु देखाएर उत्कृष्ट गाउँपालिकाको रुपमा प्रचारवाजी गर्न सफल भएको त्यही गाउँपालिका हो ।
तर पालिकाका कर्मचारीहरु विकास निर्माणको योजनाहरुलाई इमान्दारितापूर्वक चलाउनु भन्दा पनि हिसाब किताब मिलाउनमा माहिर रहेकोले बेरुजु कम देखाएको अहिले पुष्टि भएको छ । बेरुजु कम देखाउँदैमा पालिका उत्कृष्ट हुँदैन, त्यो हिसाब किताब मिलाउनेमाथि भर पर्छ पालिकाका एक बुद्धिजीवीले भने यहाँका कर्मचारीहरु सबै एक आपसमा मिलेर हिसाब किताब मिलाउने गरेको र मसान्तको अन्तिममा आएर बाचेको सबै बजेटलाई धमाधम आसेपासेलाई दिएर भुक्तानी गरेको कारण बेरुजु कम देखाएको बताए ।
आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ । यि त उदाहारणका पात्र मात्रै हुन्, यस्ता भ्रष्टाचार एवं गोरखधन्दा धेरै हुने गरेको स्थानीयहरुको भनाई छ । गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएको छैन् । गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि छानविनको लागि दिने स्थानीयहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि