Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईका गर्भवती महिला र बालबालिकाहरुमा भिटामिन ‘ए’ कमिको समस्या गम्भिर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७८
तराईका गर्भवती महिला र बालबालिकाहरुमा भिटामिन ‘ए’ कमिको समस्या गम्भिर

वीरगन्ज / तराईका जिल्लाहरुका गर्भवती महिला र बालबालिकाहरुमा भिटामिन ‘ए’ को कमि देखिएको देखिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकी डा. रभा थापा सहितको टोलीले अध्ययनको क्रममा नारायणी अस्पतालमा परीक्षण गर्दा तराईका जिल्लाहरुका अधिकाँश गर्भवती महिला र बालबालिकाहरुमा भिटामिन ‘ए’ को कमि देखिएको हो । भिटामिन ‘ए’ को कमि भएकाहरुलाई रगत परीक्षण गर्दा चर्को शुल्क लाग्ने र मेशिन प्रविधि नेपालमा उपलब्ध हुन नसकेको कारण भिटामिन ‘ए’ को परीक्षण हुन नसकेको कारण तिलगंगा अस्पताल काठमाडौंले अमेरिकाबाट ल्याएको मेशिनको सहायताले हिमाल, पहाड र तराईका जिल्लाहरुमा भिटामिन ‘ए’ परीक्षण अभियानलाई संचालन गरेको छ ।


रसुवा, नुवाकोट र वीरगन्जमा गरिएको भिटामिन ‘ए’ परीक्षणको क्रममा वीरगन्जमा परीक्षण गरिएको नुमनामा बढि अनुपातमा भिटामिन ‘ए’ को कमि देखिएको डा. रभा थापाले जानकारी दिइन् । वीरगन्ज स्थित नारायणी अस्पतालमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै डा. थापाले हिमाल, पहाड र तराईको तीन ठाउँमा सरकारी अस्पतालको समन्वयमा मेशिन प्रविधिबाट परीक्षण गर्दा तराईका गर्भवती महिला र बालबालिकाहरुलाई भिटामिन ‘ए’ को कमि देखिएको बताइन् । उनका अनुसार तीनै स्थानमा १ सय ६२ जना गर्भवती महिला र १ सय ६४ जना बालबालिकाहरुको भिटामिन ‘ए’ को परीक्षण गर्दा २७.७ प्रतिशत गर्भवती महिला र ४५ प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ को कमि देखिएको बताइन् । जसमा अनुपातको क्रममा वीरगन्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा बढि अनुपातमा देखिएको बताइन् ।
नारायणी अस्पतालमा दुई दिन भेजिमिटरको सहयोगले ५२ जना गर्भवती महिला र ५६ जना बालबालिकाहरुको भिटामिन ‘ए’ परीक्षण गर्दा ६८ प्रतिशत बालबालिका र ५२ प्रतिशत गर्भवती महिलाहरुमा भिटामिन ‘ए’ को कमि देखियो, जुन हिमाल र पहाडको अनुपातमा बढि रहेकोले यहाँ भिटामिन ‘ए’ कमिको समस्या कठिन रहेको बताइन् । अध्ययनको क्रममा हिमाली क्षेत्रमा २३.६ प्रतिशत, पहाडी जिल्लामा ४१.८ प्रतिशत र तराई जिल्लामा ६८ प्रतिशत गर्भवती महिला तथा ५ महिनादेखि १२ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ को कमि देखिएको डा. थापाको भनाई छ । यो समस्या विस्तारै बढ्दै जाँदा आँखा रतन्धो हुने, आँखाको नानीमा घाउ हुने, आँखाको ज्योति गुम्ने, शारिरिक वृद्धि विकासमा अवरोध हुने, स्वाँस प्रस्वाँसमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने भन्दै डा. थापाले यस समस्या विस्तारै बढ्दै गयो भने मृत्युदरमा पनि वृद्धि हुने भएकोले यसतर्फ गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताइन् ।


खास गरेर भिटामिन ‘ए’ को जोखिममा गर्भवती महिला र ५ महिनादेखि १२ वर्षमुनिसम्मका बालबालिकाहरु जोखिममा रहेको बताइन् । भिटामिन ‘ए’ को छाला र रगतबाट परीक्षण गर्ने भएको र रगतबाट परीक्षण गर्ने सुविधा नेपालमै नरहेको र छालाबाट परीक्षण गर्ने मेशिन पनि उपलब्ध नभएको कारण भिटामिन ‘ए’ को समस्याले भित्रभित्रैबाट भयावह रुप लिदै गएको बताइन् । उनले नेपाल सरकारले भिटामिन ‘ए’ खुवाउने अभियानलाई अझै तिब्रता दिनुपर्ने सुझाव दिए । यसको परीक्षण हुन नसकेको कारण पनि यो समस्या बाहिर आउन नसकेको भन्दै नेपाल सरकारले सम्पूर्ण सरकारी अस्पतालमा भिटामिन ‘ए’ परीक्षण गर्ने प्रविधिको व्यवस्था गर्नुपर्ने बताइन् । यो प्रविधिबाट छालाको माध्यमले १० सेकेन्डमै भिटामिन ‘ए’ को कमि भए नभएको पुष्टि हुने गरेकोले कम्तिमा सरकारी अस्पतालहरुमा मेशिन प्रविधिको आवश्यकता रहेको उनको भनाई छ ।
नारायणी अस्पतालका सुपरिटेण्डेन्ट डा. विरेन्द्र प्रधानको सभापतित्वमा आयोजित गोष्ठीमा डा. उदयनारायण सिंह, डा. निरज सिंह, डा. आरके सिंह, डा. दिपक चौरसिया, डा. बिडी चौरसिया, डा. अरुण कुमार कर्ण, डा. राकेश तिवारी, डा. खालिद हसन लगायतको कउपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि