Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय नारी दिवस पर्सामा पनि धुमधामका साथ मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २४, २०७८
अन्तर्राष्ट्रिय नारी दिवस पर्सामा पनि धुमधामका साथ मनाइयो

वीरगन्ज । आज मार्च ८ अर्थात ११२ औँ अन्तराष्ट्रिय नारी दिवस ! यो दिवस आजको दिन देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवस के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ? यो कसरी विश्वभर मनाउन लागिएको हो भन्ने कुरा कौतुहलताको विषय बनेको छ । महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेखका दिन अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइएको छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो ।
यसै क्रममा वीरगन्जको विभिन्न ठाउँमा महिला अधिकार सम्बन्धि काम गर्दै आएका संघ संस्थाहरुले नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आमा नेपाल फाउण्डेशनले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शान्ति पद यात्राको आयोजना गरेको छ । यसैगरि ‘महिला हिंसा अन्त्य गर’ भन्ने नारा सहित नारी दिवसको अवसरमा वीरगन्ज युवा समाजले वीरगन्ज स्थित कारागारका महिला कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । त्यसैगरि वीरगन्ज महानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले पनि नारी दिवसको अवसरमा भव्य ¥याली निकालेको छ । यस्ता एक दर्जन भन्दा बढि संघ संँस्थाहरुले नारी दिवसको अवसरमा विविध कार्यक्रमहरु गरि मनाइ रहेको छ ।


आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन हो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इट््टा थप्ने काम गर्दछ । अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा वि.सं. १९७५ देखि मनाउन थालिएको हो । तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकारको व्यवस्था हुनुपर्ने जस्ता विषयहरुमा केन्द्रित हुन थालेका छन् र बहसहरु पनि दिनदिनै चलिरहेका छन् ।
नेपालको सन्दर्भमा नारीहरुको जनसंख्याको तथ्यांक हेर्ने हो भने ५१.५ प्रतिशत महिला छन् भने ४८.५ प्रतिशत पुरुष रहेका छन् । यहाँनेर पुरुषभन्दा नारीको संख्या ८ लाखले बढी छ । तर पनि महिलाहरु पछि परिरहेको अवस्था छ । त्यसैले महिलाहरुलाई अब मानसिक रुपमा नै नेतृत्वतिर लैजानु आवश्यक छ । हुन त नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । तर महिलाहरुले यो सम्बन्धि अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् ।
यो भनिरहँदासम्म देश तथा विदेशमा कैयौँ महिलाहरु घरेलु हिंसाको सिकार भइरहेका छन् । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अवैधरुपमा बस्न बाध्य छन् । महिलाका हक अधिकारका लागि कति संघसंस्थाहरु दिनरात नभनी खटिरहेको छ । तर पनि महिला अधिकारका कुराहरु केही मात्रामा सहज भए तापनि मुख्य जालो अझै हट्न सकेको छैन । जसले गर्दा अधिकांश महिलाहरु आफ्नो जीवनलाई त्यति अगाडि बढाउन सकेका छैनन् । महिलाहरु राज्यका मुख्य तहमा नपुगेका पनि होइन तर महिलामैत्री वातावरण र चेतना कतिपय देशमा पुग्न नसक्दा महिलाहरु ओझेलमा परेका छन् ।
यहाँसम्म कि तराईका ग्रामीण भेगका महिलाहरु अझै पनि शोषित पीडित छन् । उनीहरुको लागि नारी दिवसले छुन सकेको छैन । नारी दिवसको अवसरमा सदरमुकाममा विविध कार्यक्रमहरु गरिन्छ, लाखौं करौडौ बजेट सक्याइन्छ तर ति घुँघटमा रहेका महिलाहरुले अझैसम्म आफ्नो हक, अधिकार, समानता केही बुझ्न सकेका छैनन् । न त उनीहरुलाई कसैले बुझाउने प्रयास गरेको छ । उनीहरुको जीवन भनेकै घरभित्रै आफ्नो सन्तान सहित परिवारहरुलाई स्यहार सुसारमै वित्नुपर्ने हो भन्ने मनसाय छ ।
सदरमुकाममा तीन तारे होटलहरुमा कार्यक्रम गरि नारी हक अधिकारको ठूलठूला भाषण गरिन्छ । तर त्यही भाषणलाई कसैले पालना गर्दैनन् । जसले ठूलठूला भाषण गर्छ, यसैको घरमा महिला हिंसाको शिकार बनेको हुन्छ, यस्ता थुप्रै उदाहारणहरु छन् । नारी दिवसलाई ठूलठूला नारा दिएर, एक दिन मात्रै दिवस मनाएर महिलाहरुको अधिकार पुरा हुँदैन । महिलाहरु शोषणबाट उन्मुक्ति पाउँदैनन् । त्यसैले नारी दिवसलाई एक दिन मनाएर होइन, तिनीहरुको हक अधिकार दिएर, महिला हिंसा न्यूनीकरण गर्नमा सहयोग गरे मात्रै यो दिवसको औचित्य पुरा हुन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३
सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि