Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८१
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने

काठमाडौँ,८ मंसिर ।  गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् ।

 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

 

जबकि गत वर्ष पुसको दोस्रो सातादेखि कार्तिक ५ गतेसम्म डेंगु सङ्क्रमितको संख्या २२ हजार ८२ थियो । करिब एक महिनापछि अर्थात् मंसिर ३ गते यो संख्यामा १० हजार ६१८ थपिएर ३२ हजार ७०० पुगेको हो । कार्तिक ५ गतेसम्म ११ जनाको मृत्यु भइसकेको थियो भने मंसिर ३ गतेसम्म थप दुई जनाको मृत्यु भइ कुल मृतक संख्या १३ पुगेको छ ।

 

ईडीसीडीका अनुसार असोज ६ गतेसम्ममा १२ हजार ६४४ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कार्तिक ५ गतेसम्म आइपुग्दा ९ हजार ४३८ जना डेंगु सङ्क्रमित थपिए भने थप ५ जनाको मृत्यु भइ कुल मृतक संख्या ११ जना पुग्यो ।

महिना दिनमा डेंगु सङ्क्रमितको संख्या खासै घटेको नदेखिए पनि चिसो बढ्दै जाँदा सङ्क्रमण घट्दै जाने चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तत्काल डेंगु सङ्क्रमण उल्लेख्य रूपमा घटेको छैन । तर अबको एक वा दुई सातापछि सङ्क्रमण घट्ने उनको भनाइ छ ।

 

तीन वर्ष यता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । त्यसो त, डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग रहेको पाइएको सरकारी अधिकारी बताउँछन् । अन्य रोग रहेका डेंगु सङ्क्रमितको मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ । ‘डेंगु सङ्क्रमण अबको एक वा दुई सातापछि घट्ला,’ उनले भने, ‘डेंगु सङ्क्रमण घटे पनि जोखिम कायम नै रहन्छ । आगामी दिनमा डेंगु सङ्क्रमणमा चुनौती पनि थपिन सक्छ, किनकि हामीले डेंगु नियन्त्रण गर्न सिकेका छैनौँ ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे भने डेंगुको सङ्क्रमण घटेसँगै जोखिम पनि घट्ने अनुमान लगाउँछन् । डा.चालिसेका अनुसार नेपालको परिप्रेक्ष्यमा जेठ, असारदेखि लामखुट्टेको वृद्धि हुने र कार्तिक–मंसिर लागेपछि कम हुँदै जाने देखिएको छ ।

नेपालमा यो वर्ष गत वर्षको तुलनामा सङ्क्रमित संख्या न्यून देखिन्छ । तर मृतकको संख्या भने खासै घटेको देखिँदैन । अघिल्लो वर्ष जनवरीदेखि डिसेम्बरमा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा. यदुचन्द्र घिमिरेले गत वर्ष करिब ५० हजार जना डेंगुबाट प्रभावित भएको र उनीहरूलाई दोहोरिएर सङ्क्रमण हुने सम्भावना नहुने भएकाले सङ्क्रमण घट्ने अनुमान लगाए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि