Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई महामेलाको रौनक उत्कर्षमा, प्रतिदिन भक्तजनहरुको भीड बढ्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८१
विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई महामेलाको रौनक उत्कर्षमा, प्रतिदिन भक्तजनहरुको भीड बढ्दै

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ७ मंसिर । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विश्व प्रसिद्ध ऐतिहासिक महागढीमाई महामेला मंसिर १ गतेबाट विधिवत रुपमा सुरु भइसकेको छ । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा अवस्थित गढिमाई मन्दिरको दर्शनका लागी बिहानैदेखि दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।

मेलालाई व्यवस्थित बनाउनका साथै भक्तजनहरुको बसोबास र सुरक्षाका लागी विभिन्न योजनाहरु लागु गरिएको छ । प्रत्येक ५ वर्षमा १ पटक १ महिनासम्म लाग्ने महागढीमाई मेला सुरु भईसकेको छ । गत असोज १७ गते घटस्थापनादेखि मेलाको शुभारम्भ भएपनि विधिवत रुपमा भने मंसिर १ गतेबाट मेला सुरु भएको हो । मसिर १७ गते विशेष पूजाको आयोजना गरी २४ गते पशुबली दिएर मेला समाप्त हुने गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला सुरु भएदेखि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन तथा दर्शनार्थीहरुको चहलपहल बढ्दै गएको छ । मुलुकमा रहेका विभिन्न शक्तिपिठहरुको आ–आफ्नो किम्बदन्ती तथा महत्व भएजस्तै महागढीमाई मेलाको पनि छ्ट्टै महत्व रहेको छ । विश्वमै सर्वाधिक पशुबली दिइने हुँदा गढीमाई मेला एसियामा मात्रै नभई विश्वमै प्रख्यात रहेको छ । नरवलीको रूपमा मुख्य तान्त्रिकले आफ्नो मानव शरीरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ ।

मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुंगुर र राँगाको वली दिएपछि सर्वसाधारणले वलीदिन पाउने छन् । गढीमाता प्रतिको श्रद्धा र विश्वासकै कारण मेलाको अवलोकन गर्न तथा दर्शनका लागि नेपाल लगायत भारतबाट पनि लाखौँको संख्यामा भक्तजनहरु आउने गर्दछन् । गढीमाईको पूजा सहज रुपमा भएको मन्दिरमा आउने भक्तजनहरु बताउँछन् । यद्यपि पूजा आजाका लागि लिएको शूल्कमा भने उनीहरुले गुनासो गरे ।

भक्तजनहरुको बाक्लो उपस्थितिले महागढी मेलालाई अझ बढी विषेश बनाउने गर्दछ । यतीबेला दर्शनार्थीहरुको भिडले मन्दिरका पूजारीहरु निकै व्यस्त भएका छन् । मेलाकाके विशेष पूजाको तयारी अन्तिम चरणमा पुगेको छ भने विस्तारै भक्तजनहरुको भिड बाक्लिदै जान थालेको छ ।

मेलामा आउने दर्शनार्थीहरुको बसोबास तथा सहजताका लागी निःशुल्क खानेपानी र शौचालय प्रबन्धको तयारी तिब्र गतिमा भइरहेको महागढीमाई नगरपालिकाका नगर प्रमुख तथा गढीमाई मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले बताए ।  यस्तै गढीमाई मन्दिर परिसरमा रहेका ४ वटा दान पेटिकाबाट करिब १८ लाख रुपैया संकलन भएको उनको भनाई छ ।

यस्तै सुनचाँदीका गरगहनाहरु समेत सुरक्षित राखिएको छ । विगतमा दानपेटिकामा रहेको भेटी पुजारीहरुले राख्ने गरेकोमा यसपटकदेखि गढीमाई ट्रष्टले राख्ने नगर प्रमुख यादवले बताए । यसपटकको गढीमाई मेलालाई थप व्यवस्थित बनाउन मधेश प्रदेश सरकारले विभिन्न सम्बन्धीत निकायसंग समन्वय गरिरहेको छ ।

गढीमाई मेलामा यसपटक ५० लाखभन्दा बढी भक्तजनहरु आउने अनुमान गरिएको छ । मेलाको विशेष पूजाको तयारी आगामी मंसिर १० गते सम्ममा सम्पन्न भइसक्ने आयोजकले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि