Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उधारो कानुनको व्यवस्था खोज्दै सरकारलाई कानुन बनाउन बारा-पर्साका उद्योगी व्यवसायीहरुको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८१
उधारो कानुनको व्यवस्था खोज्दै सरकारलाई कानुन बनाउन बारा-पर्साका उद्योगी व्यवसायीहरुको माग

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ४ मंसिर । सरकारले निजी क्षेत्रको समस्या सम्बोधन गर्ने र प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा लागु भएको देखिदैन । लामो समयदेखि बजारमा वस्तु विक्रीको रकम नउठ्दा मुलुकको कारोबार चक्र नै बिथोलिएको छ भने उद्योग व्यवसाय धरासायी बन्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै बारा–पर्साका उद्योगी व्यवसयाीहरुले उधारो कानुन व्यवस्थाको माग गरिरहेका छन् ।

नेपालको व्यापार व्यवसाय परापूर्वकाल देखि नै उधारो कारोबारबाट संचालन हुँदै आएको छ । समयमै उधारोमा सामान लिने र भुक्तानी हुँदै आएकोमा पछिल्लो समय उद्योगी व्यवसायीलाई बजारमा दिएको उधारो रकम असुली गर्न सकस भइरहेको छ । यही कारण मुलुकको कारोबार चक्र नै बिथोलिएको छ । बजारबाट उधारो पैसा समयमा नउठेको कारण उद्योगी व्यवसायीले बैंकलाई समयमा ऋण तिर्न नसक्दा अधिकांश व्यवसायहरु बन्द हुदै गएको छ भने कतिपय व्यवसायी कालो सूचीमै परिसकेका छन् ।

लामो समयसम्म बजारमा थुप्रिएको उधारो रकम नउठ्दा यसले समग्र व्यवसायिक कारोबारको चक्रलाई बिथोलपछि अन्तिम विकल्पको रुपमा उधारो कानुनको व्यवस्था खोज्दै सरकारलाई कानुन निर्माण गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । २०७६ सालको कोभिड महामारीपछि बजारमा आएको उथलपुथलले थला परेको नेपाली बजारमा उधारो नदिए सामान थन्कने र उधारो दिए पैसा नउठ्ने प्रमुख समस्या बन्न थालेको छ । अहिले एकपटकको उधारो सामान विक्री गर्दा सोको रकम असुल्न करिब ९ महिना लाग्ने गरेको व्यवसायी बताउँछन् ।

उधारोमा सामान लिने तर. भुक्तानी गर्ने बेला विभिन्न बहानाबाजी गर्ने प्रवृति बढ्दै गएको वीरगञ्जका उद्यमी आशिस लाठले बताए ।  हुन त उधारो असुली सम्बन्धी कानुन नभएको होईन । मुलुकी देवानी संहिता, ०७४ मा भएका केही व्यवस्था अनुसार कारबाही गर्न सकिने व्यवस्था छ । तर, त्यो मात्रै पर्याप्त नभएको उद्योगीहरु बताउछन् ।

भारत लगायत विश्वका विभिन्न देशहरुले उधारो कानुनको निर्माण गरी कार्यान्वयनमा समेत ल्याईसकेका छन् । तर नेपालमा भने कानुन निर्माणको सुरुवात समेत हुन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा पूर्व अर्थमन्त्री वर्षमान पुनले उधारो असुल गर्ने सम्बन्धी कानुन बनाउने भनेपनि यसको मस्यौदा समिति समेत बनेको छैन ।

ऋणीहरुले समयमा ऋण नतिर्दा बैंक तथा वित्तिय संस्थाहरुले कारवाही गरेजस्तो उधारो नतिर्नेहरुलाई पनि कारवाही गर्ने खालका कानुनको माग आफूहरुको रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल बताउँछन् । उधारो कानुनको माग चर्कोरुपमा वीरगञ्जका उद्योगी व्यवसायीहरुले गरेपनि अहिले यो मुलुकभरिका उद्योगी व्यवसायीहरुको साझा आवश्यकता बनिसकेको छ ।

सरकारले गम्भीर छलफल गरी उधारो कानुनको व्यवस्थान गर्ने हो भने नियतवसः गरिदै आएका यस्ता कृयाकलाप नियन्त्रण हुनुका साथै ठूलो रकम लगानी गरेका उद्योगी व्यवसायी समेत टिक्ने वातावरण बन्ने र मुलुकमा रोजगारी बढ्न गई यसले समग्र देशको आर्थिक अवस्थालाई सकरात्मक प्रभाव पार्न सक्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि