Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज चिनी कारखाना आवास क्षेत्रमा रहेको भवनको सयौं कोठा विचौलियाको कब्जामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०८१
वीरगंज चिनी कारखाना आवास क्षेत्रमा रहेको भवनको सयौं कोठा विचौलियाको कब्जामा

वीरगंज (पर्सा), ५ जेठ । वीरगंज चिनी कारखानाको आवास क्षेत्रमा रहेको सयौ कोठा बिचौलियाको हातमा परेको छ । विगत तीन दशकदेखि बन्द रहेको चिनी कारखानाको आवास क्षेत्रमा लगभग ५ सय जना भन्दा बढी कर्मचारीहरु बस्दै आएका थिए । लामो समयको अन्तरालमा यता केही कर्मचारीहरुले आफ्ना नातागोता तथा चिनेजानेका ब्यक्तिहरुलाई आ-आफ्ना कोठामा बास बसाउने काम गर्दै आएका छन् । वीरगंज चिनीकारखानासँग सरोकार राख्ने कर्मचारीको संख्या बर्तमान अवस्थामा २० देखी २५ जना मात्रै रहेतापनि आवास क्षेत्रमा रहेको दर्जनौ भवनको सयौ कोठामा पर्सा जिल्ला सहित बाहिरका अपरिचित व्यक्तिहरुले भरिभराउ छ ।

कारखानामा ९ सय २८ जना स्थायी कर्मचारीहरु काम गर्थे र बाँकी अस्थायी गरेर १२ सय कर्मचारीहरु चिनी कारखानामा काम गर्दै आएका थिए । कर्मचारीहरुका लागि निमाणर् गरिएको आवास क्षेत्र कर्मचारीहरु पलायन भएसँगै बाँकी अन्य कर्मचारीहरुले आफन्तलाई भरिभराउ गरेपछि उनीहरुले त्यहाँ पशुचौपाया, कुखुरापालन, बाख्रापालन जस्ता काम गरि रहेको स्थानीयहरुको भनाई छ । ती आवास क्षेत्रमा दुरुपयोग भएको कोठालाई नेपाल सरकारले सही ब्यवस्थापन गर्यो भने पर्साका गरिब, असहायहरुले सहयोग पाउने बुद्धिजीवीहरुको भनाई छ । चिनिकारखानाद्वारा नै संचालित रहेको सिद्धार्थ माध्यमिक विद्यालय अहिले पनि संचालनमै छ, जसमा कर्मचारीहरुको छोराछोरी पढथ्यो अब सार्वजनिक रुपमा आम ब्यक्तिहरुको छोराछोरीहरु पढिरहेका छन् ।

सोही विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि छात्रावासको ब्यवस्थापन पनि ती आवासका कोठालाई मिलाउन सकिने एक शिक्षकले बताए । आवास क्षेत्रका कोठालाई दुरुपयोग नगर्न शिक्षा, स्वास्थ्य तथा समाजिक कामका लागि हस्तान्तरण गरियो भने देश, समाज, जिल्लाको विकासमा टेवा पुग्ने थियो । आर्थिक बर्ष २०४८।०४९ मा नेपाल सरकारले एक सुचना टाँस गरि वीरगंज चिनिकारखाना खारेज गरिएको सुचना टाँस गर्दा सयौ कर्मचारीहरु बेरोजगार भई घरमा बस्न बाध्य भए । केही कर्मचारीहरु १ लाख ५० हजार देखि ७ लाखसम्म लिई स्वेच्छिक अवकास प्राप्त गरका छन् । तर त्यस मध्ये खारेजीको बिरुद्धमा १ सय ९५ जना मुद्दा लडन अदालत धाए । बर्तमान अवस्थामा पनि ती कर्मचारीहरु अहिले पनि मुद्दा नै लडिरहेका छन्, जसको मुद्दा सर्बोच्चमा चलिरहेको छ । हेटौडा उच्च अदालतले प्रक्रिया पुर्‍याएर चिनिकारखाना खारेज नगरिएकोले कर्मचारीहरुको हकहितमा फैसला सुनाएको थियो ।

नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको चिनीकारखाना सहित नेपालमा रहेको दर्जनौ यस्ता सरकारी कारखानाहरु निजीकरण गर्ने सोचले गिरिजा प्रसाद कोईराला सरकारले खारेज गरेको थियो । बर्तमान अवस्थामा प्रशासन प्रमुख अवधकिशोर सिंह छन् । नेपाल सरकारलाई पर्सा जिल्लाका सर्वसाधारण, समाजसेवी, बुद्धिजिवी तथा स्थानीय नेताहरु चिनिमिल संचालन गर्न पटक पटक आग्रह गरेपनि आजसम्म संचालनमा नआएको जनमानसको गुनासो छ । चिनी कारखाना संचालन भई दियो भने सयौको रोजगारीको साथै पर्सा, बारा र रौहटका हजारौ कृषकहरुको आर्थिक उन्नती हुने बिश्वास गरिएको छ । सोही चिनिमिलले रक्सी कारखाना संचालनको साथै आफ्नै बलबुतामा कारखाना सहित वीरगंजको केही ठाउमा बिद्युत लाईन पनि परिचालन गरेको थियो ।

त्यति मात्रै होईन ग्रामीण भेगको उखु संकलन गर्ने ठाउँसम्म गाडी पुग्न सडक मर्मत गर्नुका साथै खोला र नदीहरुमा पुल थिएन तर पनि गाडी कुदाउन सकिने नदि र खोलाको ब्यवस्थापन गरी गाउँबाट वीरगंजसम्म उखु ल्याउन सजिलो बतावरण बनाएको सक्षम कारखाना थियो । वीरगंज चिनीकारखाना संचालन भईदियो भने ९० प्रतिशत पर्साको विकास यस्तै संम्भव रहेको पर्सावासीहरुको ठम्याई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि