Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपालमा अदुवाको व्यावसायिक उत्पादन र निकासी अवस्था

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०८०
नेपालमा अदुवाको व्यावसायिक उत्पादन र निकासी अवस्था

•  डा.सुमनकुमार रेग्मी
अदुवालाई हार्मोनाइज्ड (एचएस) कोडमा ०९१०१००० अन्तर्गत राखिएको छ । नेपालमा अदुवा निकासी र पैठारी हँुुदै आएको छ । अदुवाको निकासी २०७९ । ८० मा १०५ प्रतिशतले बढेर २०७९ । ८० को नौं महिनामा साढे आठ अर्ब रुपैयाँको अदुवा निकासी पुगेको छ । तुलनात्मक लाभको वस्तुका रुपमा भईरहेको अदुवाको निर्यात बेपत्ता बढेको छ । अन्य वस्तुका निर्यात घटी रहेको बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोक्बर निर्यात भएको छ । आ.ब. २०१२-१३ (२०६९-७०) मा १.३ अर्बको निकासी भएको देखिन्छ भने यहि बर्ष रु.७४ करोडको अदुवा चीन, थाईलैण्ड, भारत, संयुतm अधिराज्यबाट आयात भएको देखिन्छ । आ.ब. २०७०-७१ मा रु. ४५ करोडको मात्र अदुवा निकासी भएको देखिन्छ । तर २०७१-७२ मा अघिल्लो बर्ष भन्दा निकासी केहि बढेको बताईन्छ । नेपालबाट अदुवा निकासी भएका देशहरुमा जापान, भारत, संयुक्त अधिराज्य आदि छन् ।

नेपालमा अन्न फलाउँदै आएको जमिनमा अदुवाको व्यावसायिक खेति गरेका नेपाली किसानले अरु खेति भन्दा अदुवा खेति गर्न लोभिएका छन् । तिन रोपनी जमिनमा अन्नबाली लगाउँदा ३ महिना खान नपु्ग्ने किसानको परिबार अदुवा खेतिबाट राम्रो फाईदासहित विदेशमा निकासी गर्न भ्याएका छन् । कम जमिनमा पनि अदुवाले आन्तरिक वजार र निकासीबाट राम्रो आम्दानी भए पछि बर्षेनी अदुवाको खेतिको क्षत्रफल बढदै गएको छ । कुनै वर्ष केहि जिल्लामा अदुवाको मूल्य नपाएर निराशं भएका किसान पछिल्ला बर्षहरुमा अदुवासहित अरु मसला बालीबाट सन्तुष्ट र खुसी देखिन्छन् । कुनै बर्ष लगानीसमेत गुमाएका किसानले पछिल्ला बर्षहरुमा लगानी गर्न पुग्ने रकम पनि प्राप्त गरि आएका देखिन्छन् । अदुवा खेति हुने जिल्लामा नसे र बोसे दुबै प्रजातिका अदुवा उत्पादन भईआएको छ । जिल्ला-जिल्लामा अलैंचीपछि मुख्य नगदेबालीमा अदुवाले स्थान लिएको देखिन्छ ।

अदुवाको खेति भएको कुनै जिल्लामा बार्षिक करिब रु. २३ करोड भन्दा बढीको फसल भएको बताईन्छ । कुनै जिल्लामा कुनै बर्ष १८ हजार ५ सय टन अदुवा उत्पादन भएको देखिन्छ । कुनै जिल्लामा प्रतिहेक्टर १५ टनका दरले अदुवा उत्पादन भएको देखिन्छ । अदुवा नेपालको परमपरागत खेति हँुदै आएको छ । बहतर सालको भूकम्पले गर्दा गाँउ-गाँउका किसानको आर्थिक अवस्था उकास्न अदुवालगायतका अरु नगदेबाली बढाउनै पर्ने देखिएको छ । जिल्ला-जिल्लाका आफुजस्ता निम्न आय भएका किसानका लागि अदुवा खेति जीविकोपार्जन र अतिरिक्त आम्दानी गर्ने माध्यम बनेको देखिन्छ । दशकयता जिल्ला-जिल्लामा अदुवालाई मुख्य नगदेबालीको रुपमा भित्राएको जिल्लाका किसानले प्रत्येक बर्ष अदुवाको जिल्लागत अदुवा खेतिका क्षेत्रफल र लगानी बढाउदै लगेका देखिन्छन् । नेपालको जिल्ला-जिल्लामा व्यावसायिक अदुवा खेतिका लागि किसानलाई बैंक, वितीय संस्था, परियोजना, गाउँ-गाँउमा खुलेका सहकारी र समुहले समेत ऋण लगानी गर्न सहयोग गर्दै आएको देखिन्छ ।

नेपालमा अदुवा खेति हुने जिल्लाहरुमा इलाम, धनकुटा, सुन्सरी, सखुवासभा, उदयपुर, खोेटाङ, प्यूठान, अर्धाखाँची, कञ्चनपुर, गोरखा, सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, नवलपरासीसहित नेपालका अरु पहाडी जिल्लाहरु छन् । परम्परागत रुपमा गर्दै आएको अदुवा खेतिलाई व्यावसायिक रुप दिएपछि नेपालको अदुवाको उत्पादन बढदै गएको छ । नेपालमा व्यापक अदुवाको खेति भए पनि बाह्य बजारमा बृहत रुपमा निकासी भईरहेको छैन् । अन्य अन्न बाली भन्दा अदुवाको राम्रो उत्पादन हुँदै गएपछि व्यावसायिक रुपमा नेपालका किसानहरु आन्तरिक र बाह्य बजारमा गुणस्तरीय अदुवा उत्पादन नभएका कारण अदुवाले बजार समस्या भोग्नु परेको पनि देखिन्छ । यस्को लागि सरोकारहरुले अदुवाको गुणस्तर कायम गरी अदुवा उत्पादन गरेमा उत्पादित अदुवा खेर जाँदैन वा बिक्रिको समस्या हुँदैन । तै पनि जिल्लाका स्थानीयहरुले उत्पादन भएका अदुवाको बजारको लागि व्यवस्था मिलाइदिनका लागि सम्बन्धीत निकायसंग भन्दै आएको देखिन्छन् । भारतीय बजारमा अदुवा निकासी गर्दै आएका नेपाली कृषकहरुले अदुवा सीमाक्षेत्रमा भारततर्फ कहिलेकाँहि विगतमा निकासी गर्न नदिएको अवस्था आएको थियो । नेपालको दोधारा(चाँदनी क्षेत्रमा पनि अदुवा खेति हुँदै आएको छ ।

जिल्ला जिल्लाका कुनै कुनै गाविसबाट पनि किसानले कुनै बष्र्न त एक करोड रुपैयाँको अदुवा बिक्रि गर्दै आएका देखिन्छन् । २०७१ साल अघि उत्पादनस्थलमा नै अदुवा प्रतिकेजी रु.७५ सम्म पनि पुगेको देखिन्छ । कुनै जिल्लामा त कुनै बर्ष अदुवा धार्नीको रु. २ सय नाघेको अवस्था छ । कुनै बर्ष त अदुवाको भाउ बढेपछि जिल्ला-जिल्लाका ग्रामीण क्षेत्रमा अदुवाको विउको पनि अभाव हुने गरको देखिन्छ । २०७१ बैशाखमा प्रतिकिलो अदुवाको रु. तिनसय पुगेको देखिन्छ । यस बर्ष प्रशस्त उत्पादन भएर किसानले प्रतिकीलो रु.८० मा बेचेकोमा व्यापारीले रु.३ सयमा बिक्रि गरेको पाईन्छ । यसबाट के देखिन्छ भने बास्तवीक अदुवा किसानले खेतिबाट फाइदा उठाउन सकेका छैनन् । कुनै बर्ष भारतीय बजारमा नेपाली अदुवाको माग बढेकोले अदुवाले बढी मूल्य पाएको बताईन्छ । कुनै बर्ष भारतमा अदुवाका उत्पादनमा कमी आएमा यस्तो अवस्था आएको देखा पर्दछ । खाने र बिउको अदुवाको मूल्य फरक देखिन्छ । जिल्लामा भएका अदुवा उत्पादनको मूल्य भारतको बजारमा भर पर्ने गरेको छाअग्र्यानिक सुकेको र ताजा अदुवा युरोपमा प्रतिकीलो ३ देखि ५ डलरसम्ममा निकासी भएको देखिन्छ ।

जिल्ला-जिल्लाका सम्पूर्ण किसानहरुलाई अदुवा खेतिप्रति आकर्षित गर्न सके किसानको आर्थिक अवस्था नाटकीय रुपबाट माथि उठने र जिल्ला-जिल्लाका अर्थतन्त्र समेत बलियो हुने देखिन्छ । नेपालका कुनै एक जिल्लामा सरदर करिब १ हजार ३ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेति गरिदैं आएको छ । कुनै(कुनै जिल्लाको अदुवा उत्पादनमध्ये ५ प्रतिशत आन्तरिक बिक्रि र ९५ प्रतिशत भारत, बंगलादेश र अन्य देशमा निकासी हुने गरेको छ । भारतमा नेपाली अदुवाको निकासी सिलुगुढी, बरेनी, कानपुर हँुदै दिल्लीसम्म पनि पुगेको देखिन्छ । नेपालको अग्र्यानिक अदुवा विगतमा युरोपतिर पनि निकासी भएको देखिन्छ । नेपालको कुनै जिल्लामा अग्र्यानिक अदुवा प्रशोधन केन्द्र स्थापित भएर संभव भएको हो । अग्र्यानिक अदुवाको माग युरोपमा अत्यधिक मात्रामा छ । नेपालमा उत्पादित र प्रशोधित अदुवा भारतमा परिक्षण गर्दा अग्र्यानीक प्रमाणित भएका कारणले र थप पक्षिणका लागि युरोपमा नै पठाउन थालिएकोले नेपालको अदुवाको भविष्यमा बाह्य बजार समस्या नपर्ने हुँदै जान्छ ।

अदु्वा मसला, औषधि, मदिरा, जुस, तेललगायतका सामाग्री निर्माणमा उपयोग हुन्छ । कोल्डस्टोरको अभावमा अदुवा जगेडा राख्न नसकिएकोले अदुवा सस्तोमा बेच्न किसान बाध्य भएका देखिन्छन् । कुनै जिल्लामा कृषि उपज संकलन केन्द्र खुलेपनि त्यो अदुवाको प्रयोगको लागि उपयोग भएको देखिदैन् । कुनै जिल्लामा अदुवाकोे सामुहिक अदुवा खेतिको प्रचलन रहेको छ । जिल्लामा अदुवाको बीउखेति पनि गरिदै आएको छ । आवश्यक मात्रामा मलजल, गोडमेल, र सिँचाई पुग्यो भने गुणस्तरीय अदुवा उत्पादन हुन जान्छ । विगत केहि बर्षदेखि बाह्य बजारबाट अदुवाको माग अत्याधिक रुपमा आउन थालेपछि नेपालका अदुवा खेति हुने पाहाडी जिल्लाबाट यसको व्यावसायिक खेति फस्टाएको देखिन्छ । भारत, बंगलादेशलगायतका देशमा अदुवाको माग बढेपछि कुनै जिल्ला-जिल्लाका किसानले अन्य खेति छोडेर अदुवाको व्यावसायिक खेतिप्रति आकर्षित भएका देखिन्छन् । कुनै बर्ष बाह्य बजारबाट अदुवाको माग बढी भएको बेला अदुवाको मूल्य पनि आकाशिएको अदुवाको ठूला व्यापारीले बताउँदछन् । नेपालमा उत्पादित अदुवामध्ये ४० प्रतिशत आन्तरिक बजारमा र बाँकी ६० प्रतिशत विशेषःत भारततर्फ निकासी हुँदै आएको देखिन्छ ।

गरिबी निवारण कोष कार्यक्रमले कुनै जिल्लामा अदुवा पकेट क्षेत्रअन्तर्गत घुम्ती कोषमार्फत अदुवा खेतिमा लगानी गरेपछि अदुवाको व्यावसायिक खेति बढदैछ । किसानहरु बर्षातमा मकै-कोदोको सट्टा अदुवा खेतितिर पल्केका छन् । तर कुनै बर्ष अदुवा खेतिमा रोग देखा पर्ने गरेको छ । विगतमा गानो कुहिने रोगले यो खेतिमा तनाव देखिएको थियो । कोषले यस्तो अदुवा खेतिमा लागेको रोग निवारण तर्फ कार्यक्रम ल्याउन पर्ने देखिन्छ । अदुवामा लाग्ने विभीन्न प्रकारका रोग, किराबाट बचाउन सम्बन्धीतले किसानलाई आवश्यक व्यवस्था अझ गर्न पर्ने देखिन्छ । नेपालमा अदुवाको निकासी अभिबृद्धि गर्न चाल्नु पर्ने कदमहरुमा अदुवा करोबारको लागि नीतिगत प्रणालीको विकास गर्ने, अदुवाको दिगो संकलन देखि प्रशोधन गर्न अदुवा पाईने जिल्लाहरुका सर्वेक्षण गरि उपलब्ध कूल निकासी परिमाणको यकिन गर्ने, अदुवासंग सम्बन्धीत सम्पूणर् सरोकारहरुलाई सम्मिलीत अनुसन्धान निकाय समेत एक छुटै निकाय यस्को विकास र निकासी प्रबद्र्धन गर्न खडा गरिनु पर्ने आदि छन् । लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव-कार्यकारी निर्देशक हुनुहुन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि