Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति बनाउनुपर्नेमा वीरगंजका उद्योगी व्यवसायीहरुको जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८०
स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति बनाउनुपर्नेमा वीरगंजका उद्योगी व्यवसायीहरुको जोड

वीरगंज (पर्सा), २६ चैत । वीरगंजका उद्योगी व्यवसायीले आगामाी आर्थिक वर्षको नीति तथा योजना बनाउँदा आर्थिक मन्दीका कारण चपेटामा परेका उद्योग व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने किसिमले बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योगी व्यवसायीले नीति तथा योजना र आगामी आर्थिक वर्षको बजेटमा उद्योग व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने किसिमले बनाउनुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्रालय र वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंजमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी/व्यवसायीले मुलुकको आर्थिक सङ्कटले उद्योगधन्दा धरासायी हुने अवस्थामा पुगेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने खालका नीति ल्याउन अनुरोध गरेका हुन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सरकारको कर नीति उद्योगमैत्री नहुँदा उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । “सरकार फेरिएपिच्छे करका नीतिहरु फेरिँदा उद्योगी व्यवसायी मर्कामा परेका छन्”, उनले भने, “सरकारले उधारो कानुनको अवधारणा तत्कालै ल्याउन जरुरी भइसकेको छ ।” सङ्घका पूर्वअध्यक्ष तथा वीरगंज महानगरका पूर्वनगरप्रमुख विजयकुमार सरागवीले सरकारले निश्चित वस्तुमा आयात प्रतिबन्ध लगाउँदा अवैध तरिकाले चोरी तस्करी मौलाइरहेको बताए । “कुनै वस्तु वा उपकरणमा अस्वाभाविक रुपमा कर वृद्धि गरिदिने हो भने चोरी तस्करी मौलाउने गर्छ”, उनले भने, “सरकारले कुनै वस्तुको राजस्व दररेट परिवर्तन गर्दा पर्याप्त अध्ययन अनुसन्धान गरेर मात्रै गर्दा उपयुक्त हुने देखिन्छ ।”

उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारले हरेक जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरेर औद्योगिक वातावरण तयार पार्नुपर्ने बताए । “जसरी जापानले आफ्नो मुलुकमा उत्पादन हुने सबै वस्तु तथा उपकरणमा ‘मेड इन जापान’ (जापानमा बनेको) भनेर प्रचारप्रसार गरेको छ । हामीले पनि त्यसैको सिको गरेर स्वदेशमा उत्पादन हुने सबै खालका खाद्य सामग्रीलाई ‘अर्गानिक नेपाल’ भनेर ‘ब्राण्डिङ’ गर्न जरुरी भइसकेको छ”, उनले भने, “स्वदेशी उद्योगलाई विभिन्न खालका सहुलित तथा अनुदान दिएर भए पनि स्थानीय उत्पादन वृद्धि गर्न ढिला गर्नुहुदैँन ।” प्रदेशका अध्यक्ष टेमानीले वीरगंज सुख्खा बन्दरगाहसँगै जोडिएको ६६ बिघा जग्गा तत्कालै अधिग्रहण गरेर राख्नुपर्ने सुझाव दिए ।

वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले राज्यले करको दर कुनै उद्योग वा व्यक्तिलाई फाइदा पुग्ने गरी निर्धारण गर्न नहुने सुझाव दिए । “राज्य कुनै व्यक्ति वा उद्योगको सीमित स्वार्थमा लाग्नुहुदैँन”, उनले भने, “समग्र क्षेत्रको विकास गर्ने उद्देश्यले अघि बढेमात्रै मुलुकले आर्थिक उन्नति हासिल गर्न सक्छ ।” संविधानसभाका सदस्य तथा सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सङ्घीय राजधानीसँग वीरगंज जोड्ने छोटो दूरीको सडक लामो समयदेखि निर्माण सम्पन्न नहुँँदा वस्तु तथा सेवाको ढुवानीमा निकै समस्या देखिँदै आइरहेको बताए । “सरकारले ठूला आयोजना निर्माण सुरु गर्ने मात्रै होइन । सम्पन्न गराउनेतर्फ पनि अग्रसर हुनुपर्ने बेला भइसकेको छ”, उनले भने, “काठमाडौँ तराई-मधेश जोड्ने द्रुतमार्ग जति सक्दो छिटो सम्पन्न गराउनेतर्फ ध्यान दिन जरुरी छ ।”

वीरगंजका उद्योगी व्यवसायीले विगत चार वर्षदेखि प्रतिबन्ध लगाउँदै आइएको केराउ, मरिच, छोकडालगायत वस्तुमाथिको प्रतिबन्ध खुलाउन माग गरेका छन् । अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीले दिनुभएको सुझावलाई सकेसम्म आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । “उद्योगी/व्यवसायी र सरकार एउटै डुङ्गामा सवार भएर मात्रै मुलुकको अहिलेको समस्या समाधान गर्न सकिन्छ”, उनले भने, “उद्योग व्यवसाय फस्टाउन नसके मुलुकको विकास सम्भव छैन् । त्यसैले सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ ।” सरकारले उद्योगधन्दालाई सहजीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गर्ने उनले बताए । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि