Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजी विद्यालयको एसइइ सेटिङमा, बोडिङ्गका शिक्षक सुपरिटेन्डेन्ट भएपछि नक्कल गर्न सजिलो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १६, २०८०
निजी विद्यालयको एसइइ सेटिङमा, बोडिङ्गका शिक्षक सुपरिटेन्डेन्ट भएपछि नक्कल गर्न सजिलो

कलैया (बारा), १६ चैत । बाराका निजी विद्यालयको एसइइ सेटिङमा संचालन भईरहेको रहस्य बाहिर आएको छ । प्राय जिल्लाका प्राईभेट बोडिङ्ग स्कुलका सेन्टर ति स्कुलमा रहेको छ, जहाका शिक्षक त्यस सेन्टरको प्रधानाध्यापक रहेका छन् । सेन्टरमा सुपरिटेन्डेन्ट स्कुलका प्रधानाध्यापक वा मावि तहका शिक्षक हुनुपर्ने व्यवस्था रहेको शिक्षा अधिकृत उपेन्द्र सिहले बताएका छन् । प्राईभेट बोडिङ्गमा पढाउने शिक्षक सेन्टरका सुपरिटेन्डेन्ट भएपछि विधार्थीहरूलाई नक्कल गर्न सजिलो हुने गरेको छ । नागरिक समाजका अध्यक्ष उमेशलाल दासका अनुसार फलामे गेटको रुपमा चिनिने एस ई ई आज भोली भ्रष्ट शिक्षकहरू कमाई खाने भाडो बनाएको आरोप लगाएका छन् । जब विधार्थीको ग्रास लेवल मजबुत भएन भने भविष्यमा कसरी दक्ष जनशक्ति उत्पादन गर्न सकिने उनले भने ।

कक्षा १ देखि १० सम्म निजि विद्यालयले अभिभावकको ढाड सेक्ने गरि पैसा लिन्छन र अन्त्यमा नक्कल गराएर उत्कृष्ट घोषित गर्नु कतिको जायज रहेको दासले भने । जबसम्म सरकारी विद्यालयका शिक्षक राजनितिक गर्न छोडेर शिक्षा प्रति ईमानदार नभए गुणस्तरीय शिक्षाको आकलन गर्न नसकिने नागरिक समाजका अध्यक्ष दासले बताए । प्राईभेट बोडिङ्ग स्कुलका विधार्थीहरूको लागि प्रश्न पत्र पाउने वितिकै मोवाईलको समाजिक संजालबाट बाहिर जाने गरेको छ । बोडिङ्ग स्कुलका सिफारिसमा दुर्गा माविमा खटेका एक जना गार्डले मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएका थिए । नक्कल गराउनका लागि बाहिर बसेको प्राईभेट बोडिङ्ग स्कुलका शिक्षकहरूले प्रश्न पत्रको जवाफ लेखि जति विधार्थी छन् , त्यति प्रति फोटोकपी गरेर सेन्टरका पियन देखि गार्डमा खटेका निरीक्षकले विधार्थी समक्ष पुर्याउने गरेका छन् ।

सम्पूर्ण प्रक्रिया पुरा गर्न सेन्टरका सुपरिटेन्डेन्ट देखि पियन समेतको सेटिङ्गमा निर्घात रूपमा नक्कल गराउन लागिपरेका छन् । सेन्टरमा खटेका प्राय गार्डहरू कक्षा कोठा बाहिर बस्ने र विधार्थीहरू खुल्याम भित्र नक्कल गरिरहेका हुन्छन, ‘ गार्डहरू गेटमा बसेर बाहिरबाट परिक्षा अनुगमन समिति आउने बितिकै सावधान गराउने गरेका छन् । प्राईभेट बोडिङ्गमा ठुलो धन राशी खर्च गरि टप हुनका लागि अभिभावकले १ देखि २ हजार अतिरिक्त रकम दिएको खुलासा भएको छ । जिल्लाका अधिकांश निजि विधालयले उत्कृष्ट गराउने नाममा अतिरिक्त शुल्क लिएको पाईन्छ । निजी विद्यालयका अभिभावकले आफ्नो बालबालिकाको परीक्षामा उत्कृष्ट गर्न रकम तिरे पछि प्राय सेन्टर बाहिर सरकारी स्कुलका विद्यार्थीका अभिभावकहरूको भिड प्रत्यक्ष हेर्न सकिन्छ । यत्रो ठुलो सेटिङ्गको होडबाजीमा जिल्ला टप, उत्कृष्ट विधालय घोषित गर्न ठुलै रकमको चलखेल हुने गरेको छ । उत्कृष्ट विधालय हुन विधालयका संचालकले शिक्षा अधिकृत, कर्मचारी देखि प्रशासनमा पानी झै रकम लगानी गरेको पाईन्छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उपेन्द्र सिहसंग बुझदा जिल्लाका सेन्टरको बेला आफु नरहेको बताए । सुपरिटेन्डेन्टमा सिनियर शिक्षकलाई राखिएको उनको तर्क रहेको छ । प्राईभेट विधालयका विधार्थी सेन्टरमा नक्कल गरेको भेटिए नियम अनुसार अनुगमन समितिको सिफारिसमा कारवाही गरिने जानकारी गराए । जिल्लाका सेन्टर निर्धारण गर्ने बेला जिल्ला शिक्षा समन्वय समितिको निमित्तमा रहेको संतोष शर्माले नियम मिचेर सुपरिटेन्डेन्टको सिफारिस गरेको आरोप लागेको छ । शिक्षा समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी रहने प्रवधान रहेकोले सुपरिटेन्डेन्ट नियुक्तिमा आफुले केही नगरेको उनको तर्क रहेको छ । प्रसौनी गाउपालिका वडा नम्बर ४ खुटवाजब्दीमा प्रधानाध्यापक पवन कुमार सिहको खुट्टा भाचे पछि शिक्षा समन्वय समितिले निमाविका शिक्षक सुखल साहलाई नियम विपरित आर्थिक चलखेलमा सेन्टरका सुपरिटेन्डेन्ट बनाएको पाएको छ ।

खुटवाजब्दीका सुपरिटेन्डेन्ट साहसँग बुझदा आफुले कुनै किसिमको रकम नदिएको शिक्षा अधिकृत सिहले आफु निमाविका शिक्षक रहेको जानकारी हुदै आफुलाई सुपरिटेन्डेन्ट बनाएको बताएका छन् । अधिकृत सिहले आफुलाई किन बनाए उनिसंगै प्रतिक्रिया लीन साहले बताए । नक्कल गराएको अभियोगमा एस ई ई को पहिलो दिन बाराको देवताल गाँउपालिका वडा नं.६ बर्वा घर भई कलैया उप-महानगरपालिका वडा नं.२ स्थित रहेको श्री अमर माध्यमिक विद्यालय दोहरीमा कार्यरत शिक्षक अन्दाजी ४३ वर्षीय सुरेन्द्र प्रसाद यादवले मोबाईलमार्फत नक्कल गराए त्यस्तै जिल्लाको आदर्शकोतवाल गाँउपालिका वडा नं.३ भटिनिया घर भई बारागढी गाँउपालिका वडा नं.१ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय बुधगाईमा गार्डको रूपमा खटिएको अन्दाजी ४५ वर्षीय विनोद प्रसाद यादवले नक्कली गार्ड बनेर नक्कल गराएको आरोपमा पक्राउ परेको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफलेले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी शंशिधर संग बुझदा नियम विपरित कतै सुपरिटेन्डेन्ट कतै नराखेको दावी गरेका छन् । जिल्लाको कुल ३८ वटा विद्यालयमा सेन्टर दिएको उनले बताए । कुल ९ हजार चार सय ४२ विद्यार्थी एस ईई मा सहभागी भएका छन् । जिल्लामा १४८ विधालय मध्ये ४९ निजि विधालय सहभागी भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि