Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत रूपमा सञ्चालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८०
पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत रूपमा सञ्चालन

वीरगंज (पर्सा), १५ चैत । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत रूपमा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो । संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधि तथा महानगरपालिकाको शिक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चालु शैक्षिकसत्रबाट कक्षा ८ को परीक्षा एकीकृत रूपमा लिने निणर्यअनुसार आजदेखि कक्षा ८ को एकीकृत परीक्षा सुरु भएको छ ।

यही चैत २५ गतेसम्म सञ्चालन हुने एकीकृत परीक्षामा महागरपालिकाभित्रका ३६ सामुदायिक विद्यालयका तीन हजार एक सय ४१ र ८२ संस्थागत विद्यालयका दुई हजार चार सय ८५ गरी पाँच हजार छ सय ३६ विद्यार्थी सहभागी रहेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कणर्ले जानकारी दिए । ‘पढाउने र सिकाउने काम शिक्षकको र मूल्याङ्कन गर्ने काम महानगरपालिकाको’ भन्ने नाराका साथ पहिलोपटक सञ्चालन गरिएको एकीकृत परीक्षाको प्रश्नपत्र महानगरपालिकाले तयार पारी विद्यालयमा पठाएको छ । महानगरपालिकामा सञ्चालित संस्थागत विद्यालयका विद्यार्थीको पूणर्ाङ्क राम्रो देखिएपनि गुणस्तरीयता राम्रो नभएको पाइएपछि सामुदायिक र संस्थागत विद्यालयको एकीकृत परीक्षा सञ्चालन गरिएको प्रमुख कणर्ले बताए ।

यसैबीच पूर्वाधारको विकाससँगै दक्ष शिक्षकबाट नियमित शिक्षण सिकाइ हुन थालेपछि वीरगंजस्थित सामुदायिक विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । महानगरपालिकाका ३२ वडामा हाल ९१ सामुदायिक र एक सय सय ३८ संस्थागत विद्यालय सञ्चालनमा रहेको प्रमुख कणर्ले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयमा ४३ हजार पाँच सय ६४ र संस्थागत विद्यालयमा ३३ हजार चार सय २४ विद्यार्थी अध्ययनरत छन् । स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि धेरै प्रयास गरेकाले सुधार भएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

विद्यालय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्थादेखि डिजिटल माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको महानगर प्रमुख सिंहले बताए । शिक्षकलाई विद्यालयमा नियमित बनाउन डिजिटल हाजरी तथा कक्षा सञ्चालन भए नभएको महानगरपालिकाबाट निगरानी बढाउनुका साथै विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको उनले जानकारी दिए । शिक्षाको गुणस्तरमा सुधार र आवश्यक पूर्वाधारको विकास भएपछि महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पुस्तकालय, ई-लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोशाला, शुद्ध खानेपानी, निःशुल्क सेनेटरी प्याड, आवश्यक कक्षा कोठासहित खेलमैदानको व्यस्थापनमा महानगरपालिकाले काम गर्दै आएको महागरपालिकाको शैक्षिक महाशाखाका प्रमुख कणर्ले जानकारी दिए । सामुदायिक विद्यालयमा दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा, अनुशासन र स्थानीय तहले आवश्यक सबै पूर्वाधार निर्माण गरेपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको शिक्षकहरू बताउँछन् । केही वर्ष अघिसम्म एक हजार पाँच सयको हराहारीमा विद्यार्थी सङ्ख्या रहेकामा अहिले विद्यार्थीको सङ्ख्या दोब्बर बढी अर्थात् तीन हजार पाँच सय पुगेपछि बाध्य भएर थप विद्यार्थीलाई अध्ययन गराउन नसकिएको उनले बताए । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि