Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामुदायिक विद्यालयको कन्तविजोग, कठ्याङ्ग्रिदो चिसोमा बालबालिकाहरु भुइँमै पढ्न बाध्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०८०
सामुदायिक विद्यालयको कन्तविजोग, कठ्याङ्ग्रिदो चिसोमा बालबालिकाहरु भुइँमै पढ्न बाध्य

चन्द्रपुर (रौतहट), २६ पुस । सरकारले सामुदायिक विद्यालयका लागि भन्दै मोटो रकम छुट्याउने गरेको छ । तर पनि शैक्षिक गुणस्तरमा कमजोर रहेको गुनासो भइरहँदा रौतहटका सामुदायिक विद्यालयहरुको भवनहरुसमेत दुरावस्थाका छन् । जसले गर्दा यहाँका बालबालिकाहरु कठ्याङ्ग्रिदो चिसो मौसममा समेत चिसो भुइँमै पढ्न बाध्य छन् भने कक्षा कोठा अभावमा एउटै कक्षामा बहु कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

रौतहटको चन्द्रपुर नगरपालिका १० श्रीनगर खोरमा रहेको सरस्वती प्राथामिक विद्यालय, जहाँ पुस माघको कठ्याङ्ग्रिदो चिसो मौसममा फुसको छानाे, फुसकै बार रहेको कक्षा कोठामा बस्छन् विद्यार्थी । बस्ने डेस्क-बेन्च समेत नहुँदा बालबालिकाहरु चिसो मौसम पनि चिसो भुइँमा बसेर पढिरहेका छन् ।

गत वर्षको सरस्वती पूजादेखि यो विद्यालय नियमित सञ्चालनमा आयो । कक्षा ३ सम्मको पठनपाठन हुँदै आएको यो विद्यालयमा अहिलेसम्म भौतिक संरचना निर्माण हुन सकेका छैन् । फुसको टहरामा बालबालिकालाई भुइँमै राखेर अध्यापन गरिँदै आएको छ । अधिकांश दलित तथा विपन्न समुदायका बालिबालिकाले अध्ययन गर्ने यो विद्यालयमा कक्षा कोठासमेत छैन । मात्र एक कोठे पक्की भवन विद्यार्थीको प्रयोजनका लागि छैन । यसका शिक्षकहरुले कार्यालय सञ्चालन र भान्छाका प्रयोग गर्दै आएका छन् ।

टायलले छाएको एउटै कोठामा बहु कक्षा सञ्चालन छ । कक्षा १ र २ का बालबालिकालाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको छ । कक्षाकोठा अभावमा बहुकक्षा विधिबाट पढाउनु पर्दा विद्यार्थीहरुको सिकाइ कार्य प्रभावकारी हुन सकेको छैन । जाडोको समय, तराईमा शितलहर पनि शुरु भइसकेको छ । घाम लागेको बेलामा खुला चौरमा राखेर पढाइने गरे पनि अहिले त्यो अवस्था पनि छैन । वर्षाको समयमा विद्यालयको अवस्था भनिसाध्य छैन । विद्यालयको यस्तो अवस्था हुँदा पनि स्थानीय सरकारले समेत कुनै चासो देखाएको छैन ।

३ कक्षा सम्म सञ्चालन हुँदै आइरहेको सो विद्यालयले एक शिक्षकको पनि दरबन्दी पाएको छैन । शिक्षक दरबन्दीसमेत नहुँदा चन्द्रपुर नगरपालिकाले २ जना शिक्षकहरुलाई डोर हाजिरीमा पढाउन खटाएको छ । नगरपालिकाले वाडालाई वाइपास गरेर आफूखुशी विद्यालय सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । २ कठ्ठा ५ धुर जग्गा मात्रै रहेको यो विद्यालयमा एउटा शौचालय र एउटा ट्युवेल जडान गरिएको छ । बालबालिकालाई पढाउन ह्वाइट बोर्डसमेत छैन । अब छिट्टै नै सुविधा सम्पन्न विद्यालय भवन निर्माण गर्ने योजना रहेको नगरप्रमुख बताउँछन् ।

कतिपय सामुदायिक विद्यालयले विद्यार्थीसमेत नपाउने अवस्था भइरहँदा ३ कक्षा सम्म सञ्चालन रहेको यो विद्यालयमा भने १ सय ४० जना विद्यार्थी बालबालिका छन् । चन्द्रपुर नगरपालिका स्मार्ट सिटी बन्ने दौडमा लागिरहँदा विद्यालय शिक्षा सुधारमा कसरी अघि बढ्छ, प्रतिक्षाको विषय बनेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि