Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा संचालित ‘यूथ एक्सेस’ परियोजनाको पिपिजिएनएचएआईकेद्वारा अनुगमन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८०
वीरगंजमा संचालित ‘यूथ एक्सेस’ परियोजनाको पिपिजिएनएचएआईकेद्वारा अनुगमन

वीरगंज (पर्सा), २५ पुस । गैरसरकारी संस्था ‘युवा’ द्वारा वीरगञ्जमा तिन वर्षदेखि सञ्चालित यूथ एक्सेस परियोजनाको अनुगमन गरिएको छ । दातृ तथा सहयोगी संस्था अमेरिकाको वाशिङटन राज्यस्थित सियाटल सहरमा प्रधान कार्यालय रहेको प्लान्ड प्यारेनहुड अफ ग्रेट नर्थवैस्ट हवाई, अलास्का, इन्डियाना क्यान्टकी (पिपिजिएनएचएआईके) नामक संस्थाका ग्लोबल कार्यक्रमहरूका निर्देशक डायन बुस्लि र संस्थाका क्षमता अभिवृद्धि विशेषज्ञ अनुपा ज्ञवालीले परियोजनाको अनुगमन गरेका हुन् । उनीहरूसँगै युवाका कोषाध्यक्ष रितेन्द्र बडूले पनि परियोजनाको अनुगमनमा आएका थिए ।

शनिवार वीरगञ्ज आइपुगेको अनुगमन टोलीले वीरगञ्जका तिन वर्षका यूथ च्याम्पियनहरूसँग छलफल गरेको थियो । यूथ च्याम्पियनले गरेका कामसँगै उनीहरूले सिकेका कुराको कार्यान्वयनका विषयमा छलफल भएको यूथ एक्सेस परियोजनाका वीरगञ्जका संयोजक आशु कुमार सर्राफले बताए । उनकाअनुसार यूथ च्याम्पियनले युवासँग आबद्ध भएर सिकेका कुरा तथा भोगाइसँगै काम गर्दा आइपर्ने चुनौतीका बारेमा पनि चर्चा भएको थियो ।

यस्तै आइतबार यूथ च्याम्पियनहरूले गर्ने कामको अनुगमन गर्न उक्त टोली वीरगञ्ज महानगरपालिका – २६ बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा पुगेको थियो । सुरक्षित गर्भपतन सेवा प्रवाह गर्ने वीरगञ्जस्थित मेरि सर्भिस सेन्टरको पनि टोलीले भ्रमण गरेको थियो । भेटघाटका क्रममा सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवा प्रवाहका बारेमा जानकारी दिएका थिए ।

सोमवार वीरगञ्जस्थित ममता विद्या मन्दिरमा पुगेर यूथ च्याम्पियनले सुरक्षित गर्भपतन र लैङ्गिक तटस्थ भाषा, लैङ्गिक समानता, एलजिबिटीक्युआईए प्लसका सम्बन्धमा प्रस्तुति दिएका थिए । उक्त सत्रको पनि अनुगमन टोलीले अनुगमन गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादव र प्रतिनिधि अनिशकान्त कुशवाहसँग पनि भेटघाट गरेको सर्राफले जानकारी दिए । भेटघाटका दौरान परियोजनालाई अझै प्रभावकारी बनाउने र एकआपसमा समन्वय तथा सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । युवाले बृहत्तर यौनिकता शिक्षा बारेमा १ देखि १२ कक्षा सम्मको लागि तयार पारेको पाठ्यक्रम वीरगञ्ज महानगरले पनि आफ्नो पाठ्यक्रममा समावेश गर्ने बारेमा समेत छलफल भएको थियो ।

साथै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्‍जन साहसँग नारायणी अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो । बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका बारेमा पाठ्यक्रममा समावेश गर्न डा. साहले आग्रह गरे । शिक्षकहरूलाई पनि बृहत्तर यौनिकता शिक्षाका बारेमा प्रशिक्षण दिएर अध्यापनमा सहज बनाउनुपर्ने डा. साहको सुझाव थियो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, ओसीएमसी प्रमुख हेमा थापा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृति अग्रवालसँग पनि टोलीले भेटघाट गरेको थियो । सुरक्षित गर्भपतनसँगै स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालासँगको भेटघाट तथा छलफलपश्चात् प्राप्त सुझावहरूलाई आगामी दिनमा आत्मसाथ गर्ने युवाका कोषाध्यक्ष रितेन्द्र बडूले बताए ।

अनुगमनका क्रममा परियोजना प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै निर्देशक डायन बुस्लिले खुशी व्यक्त गरिन् । यस परियोजनाको पहुँचलाई ग्रामीण क्षेत्रमा पनि बिस्तार गर्न आग्रह गर्दै उनले युवामैत्री स्वास्थ्य सेवाको लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि