Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओमिक्रोनको नयाँ सब भेरिन्ट, नेपालमा जोखिम कति ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८०
ओमिक्रोनको नयाँ सब भेरिन्ट, नेपालमा जोखिम कति ?

वीरगंज (पर्सा), २५ पुस । छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरस अन्र्तगतको ओमिक्रोनको सवभेरिएन्ट जेएन डट वानको जोखिम नेपालमा पनि उतिकै छ । छिमेकी मुलुक भारतमा जेएन डट वानको सक्रमण बढेकाले नेपाललाई पर्न सक्ने जोखिलाई मध्यनजर गदै सिमानाकाबाट आएका स्यापलको जिन सिक्वेन्सिङ्गको कामलाई तिव्रता दिइएको छ । नेपालमा कस्तो छ यस भेरिएन्टको अवस्था अनि के छ यसविरुद्धको योजना ?

कोरोना भाइरसअन्र्तगतको ओमिक्रोनको नयाँ सवभेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिन्ट अफ कन्र्सनका रुपमा राखेको छ । तर हाल देखिएको ओमिक्रोनको नयाँ सवभेरिन्ट जोखिमको हिसाबले त्यति घातक भने नभएको मानिएको छ । अमेरिकाको डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अनुसार यो सवभेरिएन्ट ओमिक्रोन कै एक नयाँ उपप्रजाति भएको बताएको छ ।

साथै अन्य प्रजाति भन्दा ओमिक्रोन प्रजातिका सवभेरिन्ट छिटो फैलन सक्ने भएकाले संक्रमण दर बढाउन यसले मद्दत गर्ने यसका जानकारहरु बताउँछन् । तर यो उपप्रजातिले स्वास्थ्यमा पार्ने जटिलता भने कम भएको डिपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको संक्रमण हुदाँ पनि पहिलाकै जस्तो लक्ष्ण जस्तै ज्वरो आउने, सिगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले यसका नयाँ नयाँ उपप्रजाति देखिएको हो । तर भाइरसले वातावरण अुनसार आफुलाई परिर्वतन गदै जानु एक समान्य प्रक्रियाका रुपमा लिने गरिन्छ । अहिले भारतमा देखिएको ओमिक्रोनकै नयाँ उपप्रजाति पनि यसैको उपज हो । भारतमा अहिले संक्रमण फैलदो क्रममा देखिएकाले नेपालमा पनि जोखिम बढेको भन्दै भीडभाडमा नजान तथा स्वास्थ्य मापदण्ड राम्रोसंग पालना गर्न सरकारले आग्रह समेत गरेको छ ।

साथै नेपालमा हुने जोखिमलाई मध्यनजर विभिन्न नाकाबाट ल्याएका १२ वटा स्याम्पलको जीन सिक्वेन्सिङका गरिएको छ भने थप स्याम्पलको सिक्वेन्सिङको काम हुदैंछन् । तर अहिले सम्म यो उपप्रजाति नेपालमा पुष्टि भने भएको छैन । अहिले देखिएको सवभेरिएन्टका लागि पहिला नै लगाएको कोरोना विरुद्धको खोपले समेत काम गर्ने भएकाले डराउनुपर्ने अवस्था स्वास्थ्य सेवा विभागले औलाएको छ । तर जाडोमा कोरोना भाइरसका साथै अन्य श्वास प्रश्वास सम्बन्धित संक्रमणको जोखिम पनि उतिकै भएकाले कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखिएमा परिक्षण गराउन भने आग्रह गरेको छ ।

वीरगंज भन्सार नाकामा परीक्षण नियमित
नेपाल भारत सीमा क्षेत्र वीरगंज भन्सार क्षेत्रमा कोरोना परीक्षण कार्य नियमित संचालनमा रहेको छ । विगतको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा चेकजाँच कार्य नियमित नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले जानकारी दिए ।

उनका अनुसार बजेट अभावको कारण पहिलाको तुलनामा चेकजाँच गर्ने चिकित्सकहरुको संख्यामा कटौती गरिएपनि चेकजाँच भने नियमित रहेको बताए । उनले अहिलेपनि भन्सार क्षेत्रमा राखिएको कोरोना परीक्षण केम्पमा दैनिक २ सयदेखि ३ सय जनाको हाराहारीमा परीक्षण भइरहेको बताए । यस नाकाबाट दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवतजावत भएपनि शंकास्पद देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने गरिएको बताए ।

भारतको भित्रि प्रदेशबाट आउने र शंकास्पद देखिएका व्यक्तिहरुलाई ल्याई एन्जिटेन परीक्षण गर्ने गरिएको र पोजेटिभ देखिए आफ्नै घरमा सतर्कता अपनाई उपचार गराउन सल्लाह सुझाव दिने गरिएको बताए । विगत ६ महिनायता कोरोना संक्रमित व्यक्तिहरु फेला पनि नपरेको उनको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सहयोगमा वीरगंज महानगरपालिकाले कोरोना महामारीदेखि नै सीमा क्षेत्रमा कोरोना परीक्षण केम्प संचालन गर्दै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि